१२ साउन २०८१, शनिवार

उपरखुट्टि लगाएर बस्ने समय छैन : उपप्रधानमन्त्री लिङ्देन

६ माघ २०७९, शुक्रवार
Image

झापा, ६ माघ । उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले आफुसँग सार्वजनिक कार्यक्रममा लामो समय उपरखुट्टि लगाएर बस्ने समय नभएको बताउनु भएको छ ।

राजधानीको एउटा कार्यक्रम उद्घाटनमा पुग्नु भएको उहाँले राप्रपा सरकारमा गएकोमा अनेकन् आशंका गरिएको जनाउँदै आफु अग्नी परीक्षाका लागि सरकारमै बसेको बताउनुभयो ।

आम नेपालीलाई सिलिन्डर ग्याँसको साटो विजुलीबाट भान्सा चलाउन समेत उहाँले आह्वान गर्नुभयो । विजुली आफ्नै देशको उत्पादन भएको र यो ग्याँस भन्दा सस्तो रहेको उहाँले बताउनुभयो ।