१४ वैशाख २०८१, शुक्रवार

अहिले भर्खरै

झापामा नयाँ सीडीओ शिवराम पोखरेल, रिजाल तनहुँ जाँदै

७ माघ २०७९, शनिवार
Image

झापा, ७ माघ । झापामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) आउनु हुने भएको छ ।

गृहमन्त्रालयले शुक्रवार गरेको निर्णय अनुसार झापाको प्रजिअमा शिवराम पोखरेल आउनु हुनेछ ।

उहाँ गृह मन्त्रालयमा सहसचिव हुनुहुन्थ्यो ।

विराटनगर निवासी उहाँले यसअघि पाँचथर र मोरङ जिल्लाको स्थानीय विकास अधिकारी पदमा जिम्मेवारी सम्हालिसक्नु भएको छ । तर, झापामा भने उहाँ पहिलोपटक जिम्मेवारी सम्हाल्न आउँदै हुनुहुन्छ ।

लोकतन्त्र पोस्टसँगको कुराकानीमा उहाँले सोमवारतिर झापा आइपुग्ने तयारी गरिरहेको बताउनुभयो ।

झापाका प्रजिअ छविराज रिजाल तनहुँको प्रमुख जिल्ला अधिकारीमा सरुवा हुनुभएको छ ।