१६ चैत २०८०, शुक्रवार

इन्दिरा रानामगर उपसभामुख निर्वाचित

७ माघ २०७९, शनिवार
Image

झापा, ७ माघ । उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ ।

आज संसद्ले उहाँलाई सो पदमा निर्वाचित गरेको हो । उहाँले १६७ मत पाउनुभएको छ ।

झापाको अर्जुनधारा वडा नं. ११ निवासी उहाँ सात महिना अघि मात्र रास्वपा मार्फत राजनीतिमा प्रवेश गर्नुभएको हो ।

विगत २२ वर्ष अघिदेखि बन्दी सहायता नेपालमार्फत उहाँले कैदीबन्दीका छोराछोरीको लालनपालन गर्दै आउनुभएको छ ।

उपसभामुख पदमा नेपाली कांग्रेसकी उम्मेद्वार मुक्ता यादव निर्वाचनमा पराजित हुनुभएको छ ।