१२ साउन २०८१, शनिवार

मेची उवासंघ चुनाव

सहमतिमा ‘स्वच्छ छवि’को नेतृत्व छानौं : डालमिया

९ माघ २०७९, सोमवार
Image

मेचीनगर, ९ माघ । मेची उद्योग वाणिज्य संघको नयाँ नेतृत्व सहमतिबाटै चयन गर्नुपर्ने पूर्व अध्यक्ष बिजय डालमियाले धारणा ब्यक्त गर्नुभएको छ  ।

‘मुलुकको आर्थिक अवस्था सहज छैन, यस्तो बेला विभाजित भएर होइन मिलेर संघ संस्थाहरु सञ्चालन गर्नु बुद्धिमानी कार्य हुन्छ’–लोकतन्त्र पोस्टसँग उहाँले आज भन्नुभयो ।

सफल अध्यक्षको रुपमा संघको दुईपटक नेतृत्व गर्नुभएको डालमिया अहिले राजनीति त्यागेर स्वतन्त्र हुनुहुन्छ ।

उहाँले यही माघ २१ गते हुने मेची उद्योग वाणिज्य संघको निर्वाचनबाट आम सहमतिको नेतृत्व स्थापित गराउन अभियान सुरु गरेको जानकारी दिनुभयो ।

संघको चुनावमा राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने भए तापनि यसपाली मुख्य दलहरुले सहमतिबाटै व्यवसायीहरुको नेतृत्व छान्न सहयोगी बन्नुपर्ने उहाँको धारणा छ ।

‘स्वच्छ छवि भएका व्यवसायीहरुलाई समेटेर कार्य समितिमा सहमतिबाटै पुर्याऔं,’ उहाँले आफ्नो प्रस्ताव फ्लोर गरिसकेको जनाउँदै भन्नुभयो–‘कुन व्यक्ति कुन पदमा बस्नुपर्छ भन्नेमा मेरो व्यक्तिगत कुनै इन्ट्रेस छैन ।’

नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा र रास्वपा लगायतको दलका जिम्मेवार नेताहरुलाई भेटेर आफ्नो प्रस्ताव सुनाइसकेको उहाँले जानकारी दिनुभयो ।

आफुले भेटेका दलका नेताहरुले सहमतिमा संघको नेतृत्व छान्ने प्रस्तावलाई सकारात्मक रुपमा लिएको उहाँको भनाई थियो ।

# यो पनि पढ्नुहोस् : एकातिर सत्ता गठबन्धन, अर्कातिर एक्लै कांग्रेस