२ माघ २०८१, बुधवार

आज पहाडमा होली मनाइँदै

२२ फागुन २०७९, सोमवार
Image

झापा, २२ फागुन । आज होली पर्व काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । 

रंगहरुको पर्व होलीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा होली पर्व मनाइँदै छ । 

भोलि अर्थात मंगलबार तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रंगहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने चलन छ ।