मेचीनगर, २२ फागुन । रिटर्नी फेड़ेरेसनको प्रथम मेचीनगर अधिवेशनले सुशिल धितालको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति गठन गरेको छ ।
नेकपा एमालेको काँकरभिट्टास्थित पार्टी कार्यालयमा आइतवार सम्पन्न अधिवेशनको प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य रविन कोइराला हुनुहुन्थ्यो ।
फेड़ेरेसन बैदेशिक रोजगारीबाट फर्किएकाहरुको संगठन हो । वैचारिक रुपमा यसलाई नेकपा एमालेको जन संगठन मानिएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि रिटर्नी फेड़ेरेसनका प्रदेश सचिव धर्मेन्द्र खड्काले रिटर्नी अभियानका बारेमा प्रष्ट्याउनु भएको थियो भने एमालेका जिल्ला कमिटी सचिवालय सदस्य टीका मग्रांतिले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य फेड़ेरेसनका नगर इञ्चार्ज बलराम अर्याल तथा संचालन गीता खरेलले गर्नु भएको थियो ।
समितिको उपाध्यक्षमा डालिन थापा, सचिवमा श्याम चम्लागाई, सहसचिव अनिल शिवाकोटी, कोषाध्यक्ष कल्पना थापा, सदस्यहरुमा सन्तोष तामाङ, मोहन सुब्बा, बुद्धिप्रसाद बास्तोला, रमेश भट्टराई जितेन शेर्पा, मनोज सुब्बा, बालकृष्ण बाराकोटी, सन्तोष काफ्ले, विकास बस्नेत, भुवन कोइराला, सञ्जय श्रेष्ठ, गगन श्रेष्ठ, बिजय राजबंशी, सीता थापा मगर, तारा तिवारी, विष्णु कार्की, रोहित कट्टेल र अर्जुन गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।