१ असोज २०८१, मङ्गलवार

काँकरभिट्टामा त्रि–दिवसीय महामैत्री पूजा गरिने

१ चैत २०७९, बुधवार
Image

सांकेतिक तस्वीर 

मेचीनगर, १ चैत । मेचीनगर–६ स्थित काँकरभिट्टाको रमाइलो गाउँमा महासम्बोधी धर्मगुरुका अनुयायीहरुले तीन दिवसीय महामैत्री पूजाको आयोजना गर्ने भएका छन् ।

चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने उक्त पूजामा ठूलो संख्यामा धर्मगुरु र अनुयायीहरुको सहभागिता रहने बोधी श्रवण संघमा आवद्ध बालहरि राईले बताउनुभयो ।

अठारौं महामैत्री दिवसको अवसरमा हुने सो अनुष्ठानमा हरेक दिन विहान ६ देखि बेलुका ५ बजेसम्म विश्व शान्ति महामैत्री पूजा गरिने उहाँले जानकारी दिनुभयो ।

संघको झापा जिल्ला समितिले कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण धर्मप्रेमीहरुलाई अनुरोध गरेको छ ।