बाहुनडाँगी, २ चैत । मेचीनगर नगरपालिका–४ स्थित राईसिङ टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय पुष्टबहादुर कडरिया रहेका छन् ।
बुधवार बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढी घाँस काट्ने क्रममा अचानक विद्युतीय करेन्ट लागि घाइते भएका कडरियाको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।