२ कार्तिक २०८१, शुक्रवार

कांग्रेसको गढ भत्काउँदै रास्वपाका स्वर्णिम वाग्ले विजयी

१२ वैशाख २०८०, मङ्गलवार
Image

झापा, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा भारी मतले विजयी हुनुभएको छ ।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उहाँ विजयी हुनुभएको हो । 

वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाउनुभयो । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याउनु भएको छ ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो हुनुभयो । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाउनु भयो ।

वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो । 

यहाँ मतदाताको संख्या १ लाख २३ हजार ३०५ थियो ।

यसअघि गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि उपनिर्वाचन भएको थियो । 

स्वर्णिम नेपाली कांग्रेस त्यागेर रास्वपाबाट उम्मेद्वार बन्नु भएको हो ।

चितवन २ मा पनि रास्वपाकै उम्मेद्वार रवि लामिछानेको जित निश्चित भइसकेको छ ।