२३ भदौ २०८१, आइतवार

चितवनमा रविको जित निश्चित, ३४ हजारभन्दा मतान्तर

१२ वैशाख २०८०, मङ्गलवार
Image

झापा, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नं. २ मा बिजयी बन्ने निश्चित भएको छ ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत त्यहाँ जारी मतगणनामा रास्वपाका उम्मेदवार लामिछाने ३४ हजार  मतान्तरले अगाडि हुनुहुन्छ ।

विहान ८ ः३० बजेसम्मको गणना अनुसार रास्वपा सभापति लामिछानेले ४१ हजार ५०४ मत पाउनु भएको छ । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ६९५ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाउनु भएको छ ।

रवि लामिछाने जितनारायणभन्दा ३३ हजार ८०९ मत अन्तरले र रामप्रसाद भन्दा ३४ हजार १०५ मत अन्तरले अगाडि हुनुहुन्छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद निर्वाचित हुनु भएको थियो । तर उहाँको नेपाली नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो ।

तनहुँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार स्वर्णिम वाग्ले भारी मत अन्तरले विजयी भइसक्नु भएको छ ।