१२ साउन २०८१, शनिवार

रवि लामिछाने पहिलेभन्दा भारी मतान्तरले विजयी

१२ वैशाख २०८०, मङ्गलवार
Image

झापा, १२ वैशाख । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनभएको छ ।

लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाउनुभयो । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाउनुभयो । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाउनु भएको थियो ।

यसअघि लामिछानेले गत मंसिर ४ गते ४९ हजार ३०० मत पाउनु भएको थियो ।