८ वैशाख २०८१, शनिवार

धुलाबारीमा दनुवार समुदायको सांस्कृतिक कार्यक्रम

१६ वैशाख २०८०, शनिवार
Image

मेचीनगर, १६ बैशाख । दनुवार जागरण समितिका केन्द्रीय अध्यक्ष रामकुमार सिंह दनुवारले आफ्नो जातिय पहिचान, भेषभुषा, कला र संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताएका छन् ।

आज झापा जिल्ला दनुवार जागरण समितिले धुलाबारीमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उनले त्यस्तो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका अध्यक्ष दनुवारले आफ्नो लोप हुन लागेको जातिय पहचिान, भेषभुषा, कला र संस्कृतिको जगेर्ना सबै आ–आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड दिए । उनले स्थानीय सरकारले दनुवार समुदायको हकहित र संरक्षणका लागि ध्यानदिनु पर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष दनुवार, दनुवार जागरण समिति सुनसरीका अध्यक्ष ओमप्रकाश सिंघ दनुवार, मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, मेचीनगर नगरपालिका कार्यपालिका सदस्य ह्दय राजबंशी, नेपाल आदिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरी, मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा दनुवार समुदायका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा २० जनाले रक्तदान समेत गरेको आयोजकले जनाएको छ । 

कार्यक्रममा युवा–युवतीहरुले आफ्नै समुदायको गीत तथा नित्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण दनुवार जागरण समिति मेचीनगरले गरेको थियो ।

दनुवार जागरण समिति झापाका अध्यक्ष श्याम दनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मदन दनुवार र अग्नीमाया मेचेले संयुक्त रुपमा गरेका थिए । स्वागत नित्य सोनिया दनुवारको टोलीले गरेको थियो ।