१५ वैशाख २०८१, शनिवार

कृषि

काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

२१ वैशाख २०८०, बिहिवार
Image

काँकरभिट्टा, २१ वैशाख । नेपालबाट काँकरभिट्टा नाका हुँदै चालू आर्थिक वर्षको नौ महिनामा रु. १७ करोड भन्दा बढीको बन्दाकोभी भारत निर्यात भएको छ ।

नेपालको धनकुटा, इलाम, झापा लगायतका जिल्लामा उत्पादन हुने बन्दाकोभी वर्षेनी भारतीय बजारमा जाने गरेको छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार साउनदेखि चैत मसान्तसम्मको नौ महिना अवधिमा काँकडभिट्टा नाका भएर रु. १७ करोड ६८ लाख ६८ हजार मूल्य बराबरको १० हजार १०३ मेट्रिक टन बन्दाकोभी भारत निर्यात भएको हो ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा कृषि उपजको आयातभन्दा निर्यात बढी हुने गरेको बताउनुभयो ।