८ वैशाख २०८१, शनिवार

गुडिरहेको यात्रु बसमा आगलागी

३० वैशाख २०८०, शनिवार
Image

झापा, ३० वैशाख । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी–९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ ।

नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौंका लागि छुटेको ग१ख ४८४७ नम्बरको बसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल छन् । बसका सिट भने जलेर नष्ट भएका छन् ।

बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।