७ कार्तिक २०८१, बुधवार

विर्तामोड आसपासमा भीषण असिनापात

२ जेठ २०८०, मङ्गलवार
Image

विर्तामोड, २ जेठ । विर्तामोड आसपासमा आज अपराह्न भीषण असिना वर्षा भएको छ ।

शनिश्चरे, गरामनी, चारपाने र बुट्टाबारी क्षेत्रमा समेत दुई सय ग्रामसम्मका असिना वर्षा भएको स्थानीय बताउँछन् ।

असिनासँगै आएको हुण्डरीले तरकारी लगायतका बालीमा क्षति पुगेको अनुमान गरिएको भए तापनि बाली र भौतिक क्षतिको विवरण थाहा भएको छैन ।

हावाहुरीसँगै असिना वर्षा भएका बेला सार्वजनिक यातायात ठप्प भएको थियो ।

गर्मी र सुख्खाले आहत पारिरहेका बेला वर्षाले सर्वसाधारणलाई राहत प्रदान गरेको छ ।