१२ पुष २०८१, शुक्रवार

शिक्षा

होराइजनमा कक्षा–२ सम्म विना पाठ्यपुस्तक पढाई सूरु

५ जेठ २०८०, शुक्रवार
Image

मेचीनगर, ५ जेठ । धुलाबारीको इस्ट होराइजन माविमा विना पाठ्यपुस्तक सहितको अध्यापन गराइने विषयमा भर्खरै दुईदिने तालिम सम्पन्न भएको छ ।

विद्यार्थीहरुलाई स्थानीय श्रोत र साधानको प्रयोगबाट नै जीवन उपयोगी शिक्षा, सिपमुलक र आयआर्जन मुलक शिक्षा दिन सकिन्छ भन्ने उद्देश्यले काठमाडौँबाट आएका विज्ञहरुबाट सो तालिम दिइएको हो ।

शिक्षामा कितावी ज्ञान मात्र नभएर जीवन जीउँने कला, सृजनात्मक अभ्यासलगायत व्यवहारिकीकरण गर्नका लागि यसवर्षबाट विद्यायलमा बाल शिक्षादेखि कक्षा–२ सम्म विना पाठ्यपुस्तक सहितको कक्षा सञ्चालन गरिएको प्रिन्सिपल सञ्जिव राईको बताए ।

शिक्षक आफैले शिक्षण सामाग्री निर्माण गरी बालबालिकालाई आवश्यक पाठ्यपुस्तक पढाउने अभ्यास भइरहेको उनको भनाई छ ।

बालबालिकालाई विद्यालय जाँदा पुस्तकको भार बोकाइरहेको आरोप लागिरहेको बेला अबदेखि यस्तो प्रकारको अभ्यासले कितावको बोझ हट्ने विश्वास गरिएको छ ।

सरकारको मापदण्डलाई पालना गर्दै विशेष किसिमको पाठ्यपुस्तक निर्माण गरी बालबालिकालाई सहजरुपमा पढाउन कार्यक्रमकी सहजकर्ता एवम् प्रशिक्षक प्रतिक्षा गौतमको सहकार्य रहने राईले जानकारी दिए ।

करिव दुई वर्षको तयारीमा सहजकर्ता गौतम र कल्पवृक्ष एजुकेशन फाउण्डेशनको सहकार्यमा बालबालिकालाई यसरी पढाउन सहमत भएको शिक्षक विकास ग्वालले बताए ।

विद्यालयको सभाहलमा आयोजना भएको तालिममा नर्सरीदेखि कक्षा २ सम्मका २० जना शिक्षक–शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

प्रिन्सिपल राईको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।