१४ वैशाख २०८१, शुक्रवार

बुद्धशान्तिमा हात्ती मर्यो, पोस्टमार्टम जाँच हुने

८ जेठ २०८०, सोमवार
Image

बुधवारे, ८ जेठ । बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ ।

आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेकोे छ । 

हात्तीको मृत्युको कारण थाहा हुन सकेको छैन । मृत हात्तीलाई स्थानीयवासीले पूजा गरेका छन् । 

हात्तीको पोस्टमार्टम जाँचका लागि कोशी टप्पु बन्यजन्तु आरक्षबाट पशु चिकित्सकहरुको टोली झापा आउने भएको छ ।