१४ वैशाख २०८१, शुक्रवार

विस्कुनमा चिप्लिएर प्याब्सनका अध्यक्ष घाइते

८ जेठ २०८०, सोमवार
Image

झापा, ८ जेठ । सडकमा सुकाइएको विस्कुनमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक व्यक्ति घाइते हुनुभएको छ । 

गौरीगञ्ज गाउँपालिका प्याब्सनका अध्यक्ष श्याम राजबंशी हुलाकी सडकमा सुकाइएको मकैमा चिप्लिएर दुर्घटना हुँदा घाइते हुनु भएको छ । उहाँको दाहिने खुट्टा नचल्ने भएको छ । उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

पालिकाले आइतबार मात्र हुलाकी राजमार्ग र भित्री पक्की सडकमा विस्कुन सुकाउन, निर्माण सामाग्री नराख्न सर्वसाधारणलाई सूचना जारी गरेको थियो । सूचनालाई बेवास्ता गर्दै विस्कुन सुकाएमा, निर्माण सामाग्री, बालुवा, ढुंगा, गिटीलगायतका सामाग्रीमा राखेर दुर्घटना भएमा सम्बन्धित व्यक्ति नै जवाफदेही हुने र आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी गराइएको थियो । 

यसैगरी, केही दिन अघि मात्र कमल गाउँपालिकाले पनि सूचना जारी गरेर सडकमा कुनै पनि कृषिजन्य सामाग्रीको विस्कुन नसुकाउन आग्रह गरेको थियो । प्राय: पूर्वपश्चिम राजमार्गका दक्षिण क्षेत्रमा सडकभरि किसानहरुले धान, मकै, गहुँ, पराल, मकैको खोस्टालगायतका सामाग्री सुकाउने गरेका छन् ।