१३ वैशाख २०८१, बिहिवार

चौतारी मेचीनगर अध्यक्ष निरौलालाई मातृशोक

१० जेठ २०८०, बुधवार
Image

मेचीनगर, १० जेठ । प्रेस चौतारी नेपाल मेचीनगरका अध्यक्ष हेमन्त निरौलालाई मातृशोक परेको छ ।

उनकी आमा मिठ्ठुदेवी निरौलाको मंगलबार दिउसो साढे ३ वजे बिर्तासिटी अस्पताल लादै गर्दा बाटैमा निधन भएको हो ।

२०१० साल जेठ ३ गते विराटनगरमा जन्मिएकी निरौलाको उच्च रक्तचापका कारण निधन भएको परिवारले जनाएको छ ।

मेचीनगर–६ स्थित रमाइलो गाउँ निवासी निरौलालाई घरैमा एक्कासी उच्च रक्तचाप भएको थियो । तत्काल उपचारका लागि उक्त अस्पताल लादा त्यस्तो भएको परिवारको भनाई छ । लामो समयदेखि प्रेसर थियो । पछिल्लो समय युरिक एसिड समेत बढेको बताइएको छ ।

उनका ५ जना छोरा–वुहारी र २ छोरी–ज्वाई छन् । छोरा–वुहारीहरु राजु–सिता, रमेश–दुर्गा, शरण–दिक्षा, कमल–पुनम र हेमन्त–संगीता निरौला तथा छोरी–ज्वाईहरु सावित्रा–विजय अधिकारी र भुना–हरि दाहाल छन् ।

उनका कान्छा छोरा हेमन्त निरौला नेपाल पत्रकार महासंघका सदस्य, प्रेस चौतारी नेपाल मेचीनगरका अध्यक्ष एवम् नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसी) का कर्मचारी हुन् । अन्य छोराहरु व्यापार ,आँखा अस्पतालमा र खेतीपाती गर्दछन् ।

उनका श्रीमान छविलाल निरौलाको ४ वर्षअघि नै निधन भएको थियो ।

आज विहान १० वजे उनको पार्थिव शरिरलाई स्थानीय मेची खोलामा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।