८ वैशाख २०८१, शनिवार

गणतन्त्र दिवसमा प्रेस सेन्टरले गर्यो रक्तदान

१५ जेठ २०८०, सोमवार
Image

विर्तामोड, १५ जेठ । प्रेस सेन्टर झापाले रक्तदान कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ ।

आज विर्तामोडमा भएको कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।

सेन्टरका झापा अध्यक्ष राजु पाठकका अनुसार कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो ।

रक्तदान गर्नेहरुमा अधिकांश पत्रकार र विद्यार्थी छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक लगायतले रक्तदान गरेका थिए ।