१६ चैत २०८०, शुक्रवार

बिर्तामोड खानेपानीको अध्यक्षमा बास्तोला निर्वाचित

१६ जेठ २०८०, मङ्गलवार
Image

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा मेघराज बास्तोला नेतृत्वको सिंगो लोकतान्त्रिक राष्ट्रवादी प्यानल भारी मतान्तरले विजयी भएको छ ।

अध्यक्षका प्रत्यासी देवेन्द्र सिटौलालाई १५९३ मतको फराकिलो मतान्तरले हराउँदै बास्तोला निर्वाचित भएका हुन् । बास्तोलाले २४६६ मत ल्याउँदा सिटौलाले मात्र ८७३ मत पाएका छन् ।

त्यस्तै अन्य पदाधिकारी र सम्पूर्ण सदस्य पनि सोही प्यानलले जितेको छ । उपाध्यक्षमा शैलेन्द्र सिटौला २०२८, सचिव पारस मैनाली २३४४ ,कोषाध्यक्ष शारदा रिजाल १५२१, खुल्ला सदस्यमा आनन्द गुरुङ १८१६, खगेन्द्र थापा १५९६ ,महिला सदस्यमा बालादेवी खरेल १८७६ , माया प्रधान खड्गी १९१४ र कमला अग्रवाल १८४४ मत ल्याइ निर्वाचित भएका छन् ।