१३ वैशाख २०८१, बिहिवार

झापामा उपयोगी कला प्रदर्शन हुने

२२ जेठ २०८०, सोमवार
Image

झापा, २२ जेठ । नेपालमा पहिलोपटक मेचीनगरमा उपयोगी कला तथा बुद्धकला प्रदर्शन हुने भएको छ । 

मेचीनगर नगरपालिका इटाभट्टामा रहेको आर्दश माध्यमिक विद्यालयमा सो कला आगामी जेठ २५ गते प्रदर्शन हुने भएको हो । उपयोगी कला पनि ललितकला जस्तै महत्वपूर्ण विधा भएको हुँदा यसको सम्र्बद्ध र प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शन गर्न लागेको परिकल्पनाकार तथा कला संयोजक केसाङ लामाले बताउनुभयो ।

उहाँले बुद्धको देश नेपाल भनेर हातले लेखेको ८० मिटरको ब्यानर प्रदर्शनीका साथै १५० जना विद्यार्थीले एकैपटक ‘बुद्धको देश नेपाल’ भन्ने गीत गाउने बताउनुभयो । सो गीत केसाङ आफैले लेख्नुभएको हो ।

लामो समयदेखि आर्टकलामा क्रियाशील उहाँले यसअघि “शान्ति”नामक एकल नाटक समेत मेचीनगरमै प्रदर्शन गर्नुभएको थियो । उहाँले मेचीनगरबाट सुरु गरेको उपयोगी कला प्रदर्शन बुद्धको भूमि भनेर चिनिने लम्बिनीमा पनि गर्न जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“मेचीनगरबाट अभियान सुरु गरेका छौं, अभियानलाई लुम्बिनीसँग जोडेर विश्वभर नेपाललाई चिनाउने हाम्रो प्रयास छ ।”