१६ चैत २०८०, शुक्रवार

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी

२२ जेठ २०८०, सोमवार
Image

विराटनगर, २२ जेठ । माओवादी केन्द्रले हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिइरहेको समर्थन फिर्ता लिन निर्देशन दिएको छ ।

माओवादी केन्द्रको सचिवालय बैठकले कोशी प्रदेश संसदीय दललाई तत्काल एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको माओवादी स्रोतले बतायो ।

यसअघि नेपाली कांग्रेसले माओवादीलाई एमाले नेतृत्वको सरकारलाई दिएको फिर्ता गर्न दलको बैठकबाट निर्णय गरी पत्र नै पठाएको थियो । पत्र पठाए पनि केन्द्रबाट निर्देशन नआएको भन्दै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

एमाले नेतृत्वको सरकारमा माओवादी पनि कोशी प्रदेश सरकारमा सहभागी छ । उसले २ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ ।

संघमा नेपाली कांग्रेससहितको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन् । संघमा एउटा गठबन्धन भएको र प्रदेशमा अर्कैसँग गठबन्धन भएको भन्दै कांग्रेसले विरोध गर्दै आइरहेको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक ३ बजेलाई बोलाइएको छ । बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी आउने छ ।