८ वैशाख २०८१, शनिवार

गर्मीले अस्तव्यस्त बनेको जनजीवनमा पानीले राहत

२२ जेठ २०८०, सोमवार
Image

झापा, २२ जेठ ।  एक सातादेखि अत्याधिक बढेको गर्मीका कारण अस्तव्यस्त बन्दै गएको जनजीवनमा आज अपरान्ह परेको बर्षाले राहत मिलेको छ । 

झापाको माईपश्चिम तर्फ पानी परिरहेको छ भने पूर्वतिर समेत मौसममा बदली भएको छ । प्रचण्ड गर्मीका कारण सुक्न लागेका बोटविरुवालाई समेत राहत मिलेको छ । 

जिल्लाका १५ वटै पालिकाका विद्यालयहरु बन्द रहेको र दैनिक ४० डिग्री सेल्सियस तापक्रमका कारण प्रभावित बन्दै गएको जनजीवनलाई पानीले थोरै भए पनि राहत मिलेको हो ।