१६ चैत २०८०, शुक्रवार

सामुदायिक वन महासंघ मेचीनगरले गर्यो बृक्षारोपण

२२ जेठ २०८०, सोमवार
Image

धुलाबारी, २२ जेठ । सामुदायिक वन महासंघ मेचीनगरले विश्व वातावरण दिवसको अवसरमा सोमबार बृक्षारोपण गर्नुका साथै विरुवा वितरण गरेको छ ।

मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १३ वटा सामुदायिक वनलाई इन्चाक र जामुरका विरुवा वितरण गरेको थियो । 

महासंघ मेचीनगरकी अध्यक्ष जानुका ओलीको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिका–९ मा रहेको खुट्टेडाँगी सामुदायिक वनमा ३०० विरुवा रोपिएको थियो । कार्यक्रममा अध्यक्ष ओलीले वन तथा वातावरणको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको महासंघले आगामी दिनमा सरसफाई, चेतनामूलक कार्यक्रम र बृक्षारोपणमा सबैसँग सहयोग अपेक्षा राख्नुभएको छ ।

नगरकी कोषाध्यक्ष निशा भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सामुदायि वन महासंघकी पूर्व केन्द्रीय सदस्य संगीता थापा, जिल्ला महासंघका पूर्व अध्यक्ष युवराज कट्टेल, इन्द्रपाठकलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सञ्चालन सचिव युवराज रेग्मीले गर्नुभएको थियो ।