८ वैशाख २०८१, शनिवार

अर्जुनधारामा कृषकलाई १० केजीसम्म नि:शुल्क धान

२४ जेठ २०८०, बुधवार
Image

।। सागर गौतम ।।

शनिश्चरे२४ जेठ । झापाको अर्जुनधारा–३ मा  किसानलाई अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरिएको छ ।

उन्नत जातको धान प्रोत्साहन गर्ने उद्देश्यले अर्जुनधारा वडा–३ कार्यालय र साना किसान कृषि सहकारी संस्थाको सहकार्यमा  किसानलाई अनुदानमा विभिन्न जातको धानको बिउ वितरण कार्यक्रम सम्पन्न भएको हो । यो धानबाली वितरण गर्न कार्यमा सामाजिक रुपमा कृषकमाझ स्थापित संस्था  साना किसान कृषि सहकारी संस्थाको अगुवाई सहित व्यवस्थापनमा र वडा कार्यालयको अनुदान रकमले ११ दिनसम्म वितरण भएको थियो । कृषकलाई सम्भा मुसुली, रंजित, रामधान १० के.जी. का दरले वितरण गरिएको साना किसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक गोपिकृष्ण लुइटेलले बताउनुभयो ।


 हाइब्रिड जातका बालीतर्फ किसानहरू आकर्षित भइरहेको समयमा वडा कार्यालय र साना किसान कृषि सहकारी संस्थाले किसानलाई उन्नत जातको धानको बिउ वितरण गरेको हो । यो जातको बिउबाट धान बढि उत्पादन हुने भएकाले खाना मिठो हुने भएकाले किसानहरु आकर्षित हुनु भएको साना किसान कृषि सहकारी संस्था अर्जुनधारा–३, खुदुनाबारीका अध्यक्ष कृष्ण प्रसाद दंगालले बताउनुभयो । सम्भा मुसुली, रामधान र रंजित गरी सयौं किसानलाई वितरण गरीएको उहाँले जानकारी दिनुभयो । उन्नत जातको धान वितरण कार्यले किसानलाई केही राहत पुगेको र भविष्यमा पनि कृषिमैत्री कार्यक्रमलाई जोड दिने अर्जुनधारा–३ का वडाअध्यक्ष सिताराम भट्टराईले जानकरी दिनुभयो ।

यता अर्जुनधारा नगरपालिका वडा–२ मा कृषकलाई उन्नत जातको धानको बीउ वितरण कार्यक्रम पनि सँगसँगै सम्पन्न भएको छ ।
संस्थाको सहजीकरण र व्यवस्थापनमा रामधान, सम्वा मुसुली, रन्जित धान सहित  सयौं  घरधुरी कृषकलाई वितरण गरी सकिँएको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण दंगालले बताउनुभयो । अर्जुनधारा नगरपालिका वडा –२ को ५० प्रतिशत अनुदानमा वितरण गरिएको दंगालले जानकारी दिनुभयो । कृषि पेसामा लाग्ने कृषकहरूलाई साना किसान सहकारी संस्थाले विभिन्न संस्थासँग सहकार्य गर्दै सहयोग गरिरहेको बताउनुभयो ।  

आ।ब।२०७९र०८० को विनियोजित ४ लाख रुपैंयाको बार्षिक कार्यक्रम अन्तर्गत विभिन्न जातका बिउ कृषकलाई वितरण गरिएको थियो । प्रतिकठ्ठा १ के।जी। को दरले कृषकले माग गरेअनुरुप बिउ उपलब्ध गराइएको अर्जुनधारा नगरपालिका वडा–२ अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताउनुभयो । उन्नत जातको बिउ वितरण कार्यक्रमलाई वडाले आगामी दिनमा प्राथमिकतामा राखेँर काम गर्न श्रेष्ठले बताउनुभयो ।