३ असोज २०८१, बिहिवार

चरा संरक्षण समाज अब आफ्नै कार्यालयमा

२७ जेठ २०८०, शनिवार
Image

मेचीनगर, २७ जेठ । मेची चरा तथा बन्यजन्तु संरक्षण समाजको कार्यालय उद्घाटन भएको छ ।

मेचीनगर–७ स्थित कञ्चनजंघा टोलमा रहेको कार्यालयको आज एक समारोहबीच चराविज्ञ तथा कोशी टप्पु बर्ड सोसाइटीका पूर्व अध्यक्ष अनिस तिम्सिनाले रिबन काटेर उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले मेची चरा तथा बन्यजन्तु समाजका अध्यक्ष देबेन्द्र खरेलले छोटो अवधिमा धेरै चराको खोज तथा फोटोग्राफी गरेर पर्यापर्यटनको विकास र बन्यजन्तु संरक्षणको क्षेत्रमा ठूलो योगदान पुर्याएको बताउनुभयो ।

एक वर्ष अघि खरेलकै नेतृत्वमा स्थापना भएको संस्थाले हाल मेचीनगर, रोङ लगायतका पालिकाहरुमा चराहरुको खोजी तथा संरक्षण अभियान सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा खरेलले आफुले खोज गरेका र मेचीनगरमा भेटिएका चराहरुका बारेमा सहभागीहरुलाई विस्तृत जानकारी गराउँदै चरा पर्यटनको प्रचुर सम्भावना भएको धारणा व्यक्त गर्नुभएको थियो ।

उहाँले नै नेपालमा लोप भइसकेको हङ्रायो नामक चराको अस्तित्व रहेको पत्ता लगाउनुभएको थियो भने मेचीनगर–७ मै नयाँ चरा हरित परेवाको खोज गरेर नेपालमा पाइने चराको सूचीमा एउटा चरा थप गर्नुभएको हो ।

वडाध्यक्षद्वय प्रह्लादमणि ओली र अर्जुन कार्की, पत्रकार ज्ञानेन्द्र निरौला लगायतले मन्तब्य राख्नु भएको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव एसपी लुइँटेलले गर्नुभएको थियो ।