३ असोज २०८१, बिहिवार

असहाय आवासका लागि फेरि जुट्यो एक लाख

२७ जेठ २०८०, शनिवार
Image

विर्तामोड, २७ जेठ । दृष्टिविहीन तथा असहायको आवासगृह निर्माणका लागि अर्जुनधारा वडा नं. ११ का गोपीचन्द्र खरेल, देवी खरेल र उहाँका परिवारका तर्फबाट एक लाख रुपैयाँ सहयोग दान गरिएको छ ।

‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ले अर्जुनधारा–११ सालबारीमा आवासगृह निर्माणका लागि एक कठ्ठा जग्गा खरिद गर्ने भएको छ । सो जग्गा खरिदका लागि दाताहरुले एक धुर बराबरको एक लाख रुपैयाँ सहयोग गरिरहेका छन् ।

बजार, चोक, विद्यालय आदिमा रहेको फोहोर प्लास्टिकका बोतल तथा सिसाहरु संकलन गर्दै आउनु भएको अभियन्ता गणेश ढुंगानाको पहलमा सो आवसगृह निर्माण हुन लागेको हो ।

उहाँले प्लास्टिक र सिसा बेचेर जम्मा हुने रकम समेत आवासगृहमा लगाउने हुनुभएको छ ।