२७ वैशाख २०८१, बिहिवार

साहित्यकार खरेलको ‘जेठी’ उपन्यासको लोकार्पण

३१ जेठ २०८०, बुधवार
Image

विर्तामोड, ३० जेठ । साहित्यकार पुण्यप्रसाद खरेलको नयाँ उपन्यास ‘जेठी’को आज लोकार्पण भएको छ ।

विर्तामोडको आदर्श व्याङ्केटमा आयोजित कार्यक्रमबीच अग्रज साहित्यकार चुडामणि रेग्मी, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना लगायतले उक्त कृतिको लोकार्पण गर्नुभयो ।

सो अवसरमा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेब गोम्देन, मेचीनगर उपप्रमुख मीना उप्रेती, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, साहित्यकार कोमलप्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो । कृतिका प्रकाशक मैयादेवी खरेल हुनुहुन्छ ।

खरेलका यसअघि १५ वटा कृति प्रकाशित भइसकेका छन् । 

यसैबीच, आजै कृति विमोचनकै अवसरमा साहित्यकार खरेल र उहाँकी धर्मपत्नी मैयादेवी खरेलको ५० औं विवाहोत्सव कार्यक्रम समेत सम्पन्न भएको छ ।

सो अवसरमा उपसभामुख राना लगायत उपस्थित साहित्यकार, पत्रकार तथा परिवारका सदस्यहरुले खरेल दम्पत्तिलाई हार्दिक शुभेच्छा व्यक्त गरेका थिए ।