२३ भदौ २०८१, आइतवार

वडाध्यक्षले दिए महेन्द्र पार्कलाई विरूवा

३१ जेठ २०८०, बुधवार
Image

झापा, ३१ जेठ । भद्रपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज सुब्बाले महेन्द्र पार्कका लागि एक लाख पाँच हजार रुपैयाँ मूल्यका विरुवा प्रदान गर्नु भएको छ ।

उहाँले १२०० वटा विभिन्न जातका विरुवा दिनु भएको हो । पार्क संरक्षण समितिका अध्यक्ष समेत रहनु भएको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेललाई वडाध्यक्ष सुब्बाले उक्त विरुवा मंगलवार हस्तान्तरण गर्नुभयो । 

आफ्ना स्वर्गीय पिता वीरहाङ लिम्बू तथा सासु आमा भूमिमाया लिङ्देनको स्मृतिमा पार्कको सौन्दर्य बृद्धिका लागि विरूवा हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

नगर प्रमुख पोखरेलले वृक्षारोपण गर्दै महेन्द्र पार्कको सौन्दर्यका लागि वडाध्यक्ष तथा उहाँका परिवारबाट प्राप्त विरूवाका लागि धन्यवाद दिनुभयो ।