२ कार्तिक २०८१, शुक्रवार

मिटरबक्सको आगोले घर जल्दा ३२ लाखको क्षति

३ असार २०८०, आइतवार
Image

खोटाङ, ३ असार । विद्युतको मिटरबक्सबाट सल्किएको आगोले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खामीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । 

घरमा वृद्धावस्थाकी श्रीमती मात्रै रहेको समयमा आज दिउँसो भएको आगलागीमा मगरको जस्तापाताको छाना भएको तीन तले घर, नगद रु ५० हजार, तीन तोला सुन, ११ तोला चाँदी, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपात लगायतका धनमाल पूर्णरूपमा जलेर नष्ट भएको हो । 

ढुङ्गा÷माटोले बनेको जस्तापानाको छाना रहेको मगर परिवारको घरमा भएको आगलागीमा रु ३२ लाखभन्दा बढीको धनमाल पूर्णरूपमा जलेर क्षति भएको घटनास्थलमा पुग्नुभएका प्रहरी चौकी तालकर्खका प्रमुख प्रहरी सहायक निरीक्षक शिव निरौलाले जानकारी दिनुभएको छ । मगर घरमा भएको आगलागीको घटना दिउँसोको समयमा भएकाले मानवीय क्षति भने हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।