३ असोज २०८१, बिहिवार

सुदिप, अस्मिता र तिलकलाई ‘राइजिङ स्टार’ पुरस्कार

६ असार २०८०, बुधवार
Image

मेचीनगर, ६ असार । प्रेस चौतारी झापाले पत्रकारहरु सुदिप अधिकारी, अस्मिता साँखी र तिलक योञ्जनलाई राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित गरेको छ ।

चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आज काँकरभिट्टामा आयोजित चौतारीको जिल्ला साधारण सभामा जनही रु. पाँच हजार नगदसहित उहाँहरुलाई पुरस्कृत गर्नु भयो ।

जिल्ला अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको साधारण सभा तथा पुरस्कार वितरण कार्यक्रममा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, प्रदेश इञ्चार्ज विक्रम लुइँटेल, प्रदेश अध्यक्ष अबिजाल बिष्ट, पुरस्कृत प्रतिभा तिलक योञ्जन र चौतारीका जिल्ला उपाध्यक्ष प्रदिप परियारले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा चौतारीका प्रदेश इञ्चार्ज गणेश पोखरेल, पत्रकार महासंघका प्रदेश सचिव देबेन्द्र कार्की, चौतारीका केन्द्रीय सदस्यहरु भीमा शिवाकोटी, टिकाराम उप्रेती, सन्तोष आचार्य, सावित्रा दाहाल, नेकपा एमाले झापा जिल्ला प्रचार विभागका प्रमुख गोपाल काफ्ले लगायतको उपस्थिति रहेको थियो ।