३ असोज २०८१, बिहिवार

झापाका पाँच विद्यालयलाई रु पाँच लाखका दरले अनुदान

८ असार २०८०, शुक्रवार
Image

धुलाबारी, ८ असार । शिक्षा मन्त्रालयले व्यवस्थापकीय र शैक्षिकस्तरका आधारमा उत्कृष्ट झापाका पाँच सामुदायिक विद्यालयलाई रु. पाँच लाखको दरले अनुदान प्रदान गर्ने भएको छ ।

नजितामा आधारित प्रोत्साहन अनुदान वापत मेचीनगर नगरपालिकाको आदर्श माध्यमिक विद्यालय इटाभट्टा, शिवसताक्षी नगरपालिकाको मोती मावि मंगलबारे, राष्ट्रिय मावि रमणीय आदर्श दुधे र कमल गाउँपालिकाको शहीद मावि धर्मभक्त केखाले प्राप्त गर्ने भएका हुन् । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रमा एक विद्यालय पर्ने गरी देशभरका १६५ वटा विद्यालयलाई यस्तो अनुदान दिने भएको छ । जसमा झापाका पाँच वटा विद्यालय छनोटमा परेका हुन् । 

केन्द्रले आर्थिक बर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुसार व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका विद्यालयको विगतको शैक्षिक गुणस्तर, परीक्षण केन्द्रबाट मूल्याङ्कनको उच्चतम अंक हेरेर छनोट गरेको केन्द्रले जनाएको छ ।