१ असोज २०८१, मङ्गलवार

सर्पले टोकेर हल्दिबारीमा युवाको मृत्यु

११ असार २०८०, सोमवार
Image

भद्रपुर, ११ असार । विषालु सर्पको टोकाईबाट हल्दिबारी गाउँपालिका–२ पाराखोपी बस्ने ३२ बर्षीय शम्भू राजवंशीको मृत्यु भएको छ । 

सोमबार राति मादक पदार्थ सेवन गरेर घर भित्र पस्दै गर्दा ढोकामा भेटिएको सर्प पक्रेर घाँटीमा बेर्न खोज्दा राजवंशीलाई दुवै हातमा डसेको थियो । 

सर्पले डसे लगत्तै उपचारका लागि चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा ल्याउँदै गर्दा बाटैमा मृत्य भएको प्रहरीले जनाएको छ । उनको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।