१ असोज २०८१, मङ्गलवार

अहिले भर्खरै

भालुखोलामा कार र ट्रक ठोक्कियो, दुई जनाको मृत्यु पाँच जना घाइते

१२ असार २०८०, मङ्गलवार
Image

झापा, १२ असार । पूर्व पश्चिम राजमार्गको शिवसताक्षी खण्डमा आज विहान भयानक सवारी दुर्घटना भएको छ ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको र अरु घाइते भएको प्रहरीले जनाएको छ ।

शिवसताक्षी वडा नं. ९ स्थित भालुखोलामा उक्त दुर्घटना भएको थियो । विपरीत दिशाबाट तीब्र गतिमा आइरहेका प्र१०२००१क३७७९ को ट्रक र  प्र१०१००च ७४८२ नम्बरको कार ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा पश्चिमतर्फ गइरहेको कारका चालक उर्लाबारी निवासी ४५ वर्षीय गुरुचन चौधरी र निजको छोरी १८ वर्षीया कुमकुम चौधरीको निधन भएको हो ।

दुर्घटना लगत्तै उपचारका लागि घाइतेहरुलाई विर्तामोडको बीएन्डसी हस्पिटल लगिएको थियो । उपचारकै क्रममा उहाँहरुको निधन भएको बताइएको छ ।

घाइते भएका ५ जनाको सोही हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।