१ असोज २०८१, मङ्गलवार

चौबीसै घण्टा चनाखो रहन प्रदेश प्रहरी प्रमुखको निर्देशन

१२ असार २०८०, मङ्गलवार
Image

भद्रपुर, १२ असार । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले आज भद्रपुर क्षेत्रको सिमा अनुगमन गर्नु भएको छ । 

निरीक्षण पश्चात वडा प्रहरी कार्यालय भद्रपुर मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै सिमावर्ती क्षेत्रमा कडाईका साथ चेकजाँच गर्न र चोरी निकासी रोक्नका लागि २४ सै घण्टा चनाखो रहन निर्देशन दिनु भएको थियो । 

उहाँले आजै कोशी प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढीको समेत निरीक्षण गर्नुभयो ।

त्यस अवसरमा उहाँले कार्यालयमा रहेको क्वाटर गार्ड, उद्दार सम्बन्धी उपकरणहरु तथा बिभिन्न शाखाहरुको निरीक्षण गर्नुभएको थियो । 

जोखिममा परेका नागरिकहरुलाई उद्धार गर्ने पहिलो सुरक्षा निकाय नेपाल प्रहरी नै रहेको हुँदा उपलब्ध श्रोत साधनलाई तयारी अवस्थामा राखी २४ सै घण्टा तयारी अवस्थामा रहन उहाँले सो अवसरमा निर्देशन दिनुभयो ।