१२ साउन २०८१, शनिवार

अहिले भर्खरै

कोशी प्रदेश : जसपा तटस्थ बस्ने, अब दुबै पक्षको मत बराबर

१४ असार २०८०, बिहिवार
Image

झापा, १४ असार । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई जोगाउने र ढाल्ने दुबै पक्षसँग अब बराबर मत हुने भएको छ ।

विपक्षी गठबन्धनमा रहेको जनता समाजबादी पार्टी (जसपा)ले विश्वासको पक्ष वा विपक्ष कतै पनि मत नदिई तटस्थ बस्ने आज निर्णय गरेको छ । 

सदनमा जसपाको निर्णायक एक मत छ । 

विपक्षी गठबन्धनको एक मत तान्न सफल भएको भए सरकार जोगिने थियो । तर अब सत्ता गठबन्धनमा एमालेको ४० र राप्रपाको ६ मत गरी ४६ मत रहेको छ । 

संसद्को आज सुरु बैठकमा मुख्यमन्त्री कार्कीप्रति विश्वासको मत परीक्षण हुनेछ । संसद्मा कूल संख्या ९३ छ ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसको , नेकपा माओबादी केन्द्रको र नेकपा एकीकृत समाजबादीको मत गरी कूल ४५ मत छ । सभामुख नेकपा माओबादी केन्द्रबाट निर्वाचित हुनुभएको हो ।

संसद्मा विश्वासको मत जसले मागेको हो, उसैले बहुमत पुर्याउनु पर्ने हुन्छ । तसर्थ, कुनै अकस्मात कुनै परिघटना नभएमा मुख्यमन्त्री कार्कीले विश्वासको बहुमत जुटाउने सम्भावना क्षीण भएको छ ।