१२ साउन २०८१, शनिवार

नयाँ सरकार गठनका लागि आह्वानको तयारी

१५ असार २०८०, शुक्रवार
Image

झापा, १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाउनु भएको छ । 

आज संसद्मा भएको मतदानमा उहाँले ४६ मत पाउनुभयो । विश्वासको प्रस्ताव पास हुन ४७ मत पाउनु पर्छ । विपक्षमा पनि ४३ मत मात्र प्राप्त भएको छ ।

शुक्रबारको प्रदेशसभा बैठकपछि सचिवालयले प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्रीले विश्वास गुमाएको पत्र पठाइसकेको छ ।

मुख्यमन्त्रीले प्रदेशसभाको विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिनुभयो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले प्रदेशसभा सचिवालयको पत्र आइसकेको बताए । पत्र आएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले परामर्श गरिरहनु भएको बताउनुभयो ।

प्रदेश प्रमुख निकट स्रोतका अनुसार आज नै प्रदेश प्रमुख  पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गर्नु भएको छ ।

प्रदेश प्रमुखले दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमतका साथ मुख्यमन्त्रीको दावी गर्न आह्वान गर्ने सम्भावना छ ।

तर, नेकपा एमालेले ठूलो दलको हैसियतले नयाँ सरकार गठनको अवसर आफैले पाउनु पर्ने जिकीर गरेको छ ।