१२ साउन २०८१, शनिवार

मनमोहन विश्वविद्यालयमा आदर्श नेताको सम्झना

१७ असार २०८०, आइतवार
Image

विराटनगर, १७ असार । मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले स्वार्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी र सादगी आदर्श नेता भएकोले उहाँको व्यक्त्तित्वलाई सबैले अनुशरण गर्नुपर्ने बताउनु भएको छ । 

स्व. मनमोहनको १०३ औ जन्मयन्तीको अवसरमा मनमोहन प्राविधिक विश्वविद्यालयमा शनिवार आयोजित कार्यक्रममा बोल्दै उपकुलपति पोखरेलले मनमोहनको त्याग र निष्ठाकै कारण देशमा प्रजातन्त्रको उदय भएको र निरंकुश पञ्चायती व्यवस्था ढलेर देशमा प्रजातन्त्र आएको बताउनुभयो । 

उहाँले स्वर्गीय नेता मनमोहनले प्रधानमन्त्रीका रुपमा नेतृत्व गरेको नौ महिने कार्यकाल हालसम्म देशकै नमुना बन्न सफल भएकोमा आफुलाई गर्व लागेको बताए । उहाँले भारतको स्वतन्त्रता आन्दोलनमा समेत योगदान गरेका नेता मनमोहन प्राविधिक शिक्षापे्रमी भएकोले उहाँकै परिकल्पनालाई सार्थक बनाउन मनमोहन प्राविधिक विश्व बिद्यालय बन्न सफल भएको स्मरण गर्नुभयो । 

विश्वविद्यालयका रजिस्टार डा. दिलनाथ फुँयालले स्वर्गीय नेता मनमोहन अधिकारीले सधै त्यागलाई प्राथमिकता दिएकोले उहाँलाई कुनै एउटा पार्टीको चश्मा लगाएर मात्र हेर्नु गलत हुने बताउनुभयो । 

मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ४ हात्तीमुढास्थित प्राविधिक विश्वबिद्यालमा मनमोहन जयन्तीको अवसरमा विश्वबिद्यालयको ईन्जिनियरिङ संकायतर्फको स्नताक तह र आंगिक क्याम्पस पोलिटेक्निक तर्फका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान सहित प्रमाणपत्र वितरण गरिएको थियो  । 

कार्यक्रममा उपकुलपति डा. सुवासश्री पोखरेल रजिस्टार दिलनाथ फुुँयाल, ईन्जिनियर संकायका डिन प्राडा प्रचण्डमान प्रधान, ईलेक्ट्रिोनिक्स विभागीय प्रमुख डा दिपरत्न डंगोल, निमित्त परीक्षा नियन्त्रक भिम काफ्ले र मनमोहन पोलिटेक्निकका प्रिन्सिपल सुदिप अधिकारी लगायतले बिद्यार्थीहरुलाई सम्मान गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

सो अवसरमा मनमोहनको पूर्णकदको प्रतिममा माल्र्यापण र विश्वविद्यालय परिसरमा बृक्षारोपण गरिएको थियो ।