२७ वैशाख २०८१, बिहिवार

गौरीगञ्जका जगदीशको कतारमा मृत्यु

१७ असार २०८०, आइतवार
Image

गौरीगञ्ज, १७ असार । कतारमा रोजगारी गरिरहेका गौरीगञ्ज–६ का जगदीश राजबंशीको निधन भएको छ ।

वैदेशिक रोजगारीको क्रममा कतारको एउटा कम्पनीमा कार्यरत जगदीश शनिवार विहान एक्कासी रिङटा लागेर लडेको र त्यसपछि उहाँको निधन भएको स्थानीय पत्रकार आत्माराम राजबंशीले जानकारी दिनुभएको छ ।

मृतकका श्रीमती र २ छोरी छन् । थप विवरण आउन बाँकी छ ।