१२ साउन २०८१, शनिवार

पहिचानबादीले मेटाए नगरपालिकाको ‘कोशी प्रदेश’

१७ असार २०८०, आइतवार
Image

विर्तामोड, १७ असार । पहिचानबादीको समूहले आज विर्ताोड नगरपालिकाको साइनबोर्डमा लेखिएको ‘कोशी प्रदेश’मा कालो पोतिदिएका छन् ।

दिउँसो कालो झण्डासहित आएको समूहले विर्ताबजारस्थित नगरपालिकाको कार्यालयमा प्रवेश गरी भवनको माथिल्लो भित्तामा रहेको नाममा कालो पोतेको हो ।

प्रत्यक्षदर्शीहरुका अनुसार साना समूहमा आएका पहिचानबादीहरुमध्ये एक महिलाले सरासर भवनको माथ्लो तलामा चढेर बाहिरपट्टिको भित्तामा नाम मेटेकी हुन् ।

उनीहरुले केहीबेर ‘कोशी प्रदेश’ नामाकरणको विरोधमा नाराबाजी समेत गरेका थिए । 

‘कोशी प्रदेश’को नामाकरण भएपछि साविक १ नं. प्रदेशका पहिचानबादीहरुको विभिन्न समूह निरन्तर आन्दोलनमा रहेको छ । 

नगरपालिकामा ‘कोशी प्रदेश’ मेटिरहँदा त्यहाँ उपस्थित आन्दोलनकारीहरुले लिम्बुवान किरात प्रदेश लेख्न हुटिङ गरेका थिए । तर, ‘कोशी प्रदेश’ मेटेर ती महिला ओर्लिएकी थिइन् ।

घटना भएका बेला नगरप्रहरी र कर्मचारीहरु रमिते थिए । शान्तिपूर्ण रुपमा ‘कोशी प्रदेश’ मेट्ने कार्यक्रम सम्पन्न गरेर उनीहरु नगरपालिकाबाट बाहिरिएका थिए ।