१ असोज २०८१, मङ्गलवार

साहित्यकार बिजय खरेलको अमेरिकामा निधन

१८ असार २०८०, सोमवार
Image

झापा, १८ असार । प्रसिद्ध साहित्यकार बिजय खरेलको ७७ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ ।

उहाँको अमेरिकी समय अनुसार आइतवार विहान ३ बजे उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उहाँ एक महिना अघि पारिवारिक भेटघाटका लागि अमेरिका जानु भएको थियो । 

मेचीनगर वडा नं. ६ काँकरभिट्टा निवासी खरेलका छोरा प्रयास र बुहारी अमेरिकाको टेक्सासमा छन् । उहाँकी पत्नी पार्वती खरेल पनि अमेरिका भ्रमणमा हुनुहुन्छ । उहाँकी  छोरी जयन्ती खरेल र चन्दा खरेल मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी हुनुहुन्छ ।

अमेरिका जानु भएको केही समयपछि ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी हुनुभएको उहाँलाई पछिल्लो समय भेन्टिलेटरमा राखेर अमेरिकाको अस्पतालमा उपचार भइरहेको थियो ।

उहाँका उपन्यास, कथा, निबन्ध, हाँस्यव्यंग्य, कविता, एकांकी लगायतका थुप्रै कृति प्रकाशित छन् ।

उहाँका प्रकाशित कृति :

बिजयका निबन्ध (निबन्ध, २०६४),
क्षितिजवारि क्षितिजपारि (काब्य, २०६५),
बाटुली (बिज्ञान काब्य, २०६६),
इन्द्रकिल पहाडसँग (यात्रा संस्मरण, २०६८),
बिजयका कविता (कविता संग्रह, २०६५),
सम्झनाका तरेली (निबन्ध संग्रह, २०७७),
छोपिएका तारा (इतिहास),
कति रोउँ म (शोक काब्य),
राम साइँलीहरु (कथा कुथुंग्री, २०७४),
अल्पिल्टा स्वरहरु (निबन्ध संग्रह, २०७८)
कल्पना, मुनाहरु (समालोचना, २०७८),
झर्रा शब्दहरुको संग्रह (शब्दकोश, २०७९),
झिल्काहरु (कुथुंग्री संग्रह),
युगारम्भ (उपन्यास, २०७९)