१ असोज २०८१, मङ्गलवार

अहिले भर्खरै

फुल टिप्न हिँडेकी वृद्धाको हात्तीले कुल्चेर मृत्यु

१८ असार २०८०, सोमवार
Image

मेचीनगर, १८ असार । मेचीनगर–१० धुलाबारीमा जंगली हात्तीको आक्रमणमा एक वृद्धाको आज विहान मृत्यु भएको छ ।

एकाविहानै महानन्द टोलस्थित छिमेकीको आँगनमा फुल टिप्न हिँडिरहेकी ८० वर्षीया पन्नादेवी साह विहान ४ बजेतिर जंगली हात्तीको आक्रमणमा पर्नु भएको थियो ।

हात्तीले कुल्चेर उहाँको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष नारायण खनालले जानकारी दिनुभयो ।

‘बजारतिर हात्ती पसेको खबर सुनेपछि गाउँलेहरुलाई सतर्क हुनु भनेर भन्दै थिएँ,’ वडाध्यक्ष खनालले भन्नुभयो–‘उहाँ (पन्नादेवी) फुल टिप्दै हुनुहुँदोरहेछ । हात्ती छेउमै आइसक्दा भाग्न सक्नु भएन ।’

धुलाबारी इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरिरहेको छ ।