२३ भदौ २०८१, आइतवार

कोशीमा अबको मुख्यमन्त्री उद्धव थापा

१८ असार २०८०, सोमवार
Image

झापा, १८ असार । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बन्ने भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशीमा पहिलो पालोमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै थापाको मुख्यमन्त्री बन्ने ढोका खुलेको हो ।

दोस्रो पालोमा नेकपा माओबादी संसदीय दलका नेता इन्द्र आङ्बो मुख्यमन्त्री बन्ने सहमति भएको छ ।

कोशीमा गत शुक्रबार एमाले नेता हिक्मतकुमार कार्कीको सरकार ढलेको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विवाद अब साम्य भएको छ ।