२२ वैशाख २०८१, शनिवार

मेचीनगरलाई समृद्व बनाउन नयाँ संस्थाको उदय

१८ असार २०८०, सोमवार
Image

धुलाबारी, १८ असार । वातावरण र लागूऔषध नियन्त्रणका क्षेत्रमा काम गर्ने उद्देश्यले मेचीनगरमा नयाँ सामाजिक संस्थाको उदय भएको छ ।

आज धुलाबारी स्थित नेपाल चेम्बर अफ कमर्स मेचीनगरको सभाहलमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेतीले सामाजिक मेलमिलाप समाज नेपाल नामको संस्थाको विधिवत रुपमा उद्घाटन गरेकी थिइन् ।

उनले सफा, राम्रो र समृद्व मेचीनगर बनाउन यस संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने आशा लिएको बताइन् ।

कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओली, १५ का वडाध्यक्ष राजन भट्टराईले लागूऔषध नियन्त्रण, मानव ओसार–पसार नियन्त्रण, समाजमा हुने विभिन्न खाले वाद–विवाद समाधान गर्न, सामाजिक सद्भाव कायम गर्न यस संस्थाले ल्याएका कार्यक्रमहरुलाई सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा मेचीनगर–१० का वडा सदस्य सोमनाथ ओझा, लीला दर्नाल, समाजसेवी नरप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

जनताका निवेदनहरु निःशुल्क रुपमा लेखिदिने, न्यायको निमित्त वडा कार्यालयदेखि नगरपालिकाको न्यायिक समितिसँग जनताको पहुँच पुर्याउने, वातावरणलाई हरियाली बनाउने, नगरका १५ वटै वडामा सामाजिक कामहरुमा सक्रिय रहने संस्थाका अध्यक्ष चन्द्रबहादुर घोर्साइले बताए ।

संस्था यहि २०८० असार १ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता गरिएको छ ।

सामाजिक मेलमिलाप समाज नेपालका उपाध्यक्ष कृष्णकुमार पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश खड्काले गरेका थिए ।



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।