३ असोज २०८१, बिहिवार

कनकाइ लायन्समा गजुरेल

१९ असार २०८०, मङ्गलवार
Image

।। मनोज बस्नेत ।।  

सुरुंगा, १९ असार । लायन्स क्लब अफ कनकार्इ सुरुङ्गामा वर्ष २०२३र२४ का लागि गङ्गाराम गजुरेल सन्जय चयन भएका छन् । 

प्रत्येक वर्ष जुलाई एकदेखि अर्को जुन मसान्तसम्म रहने एक वर्षको कार्यकालका लागि सर्वसम्मत रुपमा गजुरेल चयन भएक हुन् । 

कार्यरत द्वितिय उपाध्यक्ष प्रथममा र प्रथम उपाध्यक्ष स्वतः अध्यक्षमा पदोन्नति हुने प्रावधान भए तापनि चुनावी प्रक्रिया अनुसार सदस्यहरुको कम्तिमा बहुमत समर्थन पाउनु पर्नेमा गजुरेलले शतप्रतिशत समर्थन प्राप्त गरेर आगामी वर्षको अध्यक्षको पद समाल्न थालेका हुन् । 

त्यस्तै प्रथम उपाध्यक्षमा सन्दिपबाबु प्रसाईं र द्वितीय उपाध्यक्षमा मान बहादुर दाहल कुमार चयन भएका छन् । 

क्लबका निवर्तमान अध्यक्ष साजन थापाले उक्त निर्वाचनमा सहजीकरण गरेका थिए । क्लबमा वर्ष २०२२र२३ का अध्यक्ष लायन देवराज सुबेदीको सभापतित्व र चार्टर प्रेसिडेन्ट तथा क्याबिनेट सेक्रेटरी लायन लिला प्रसाद चिमरियाको प्रमुख आतिथ्य मा रहेको थियो । 

नव निर्वाचित अध्यक्ष गजुरेलले आफ्नो कार्यकाल सफल पार्नको लागि सचिवमा पंकज खड्का, कोषाध्यक्षमा राजकिसोर चौधरी र सह(सचिवमा पंकज मन्डल चयन गरेका छन् भने अन्य आवश्यक सदस्यहरु थप गरि समितिको कार्यकाल सफल बनाउने अध्यक्ष गजुरेलले बताए। 

क्लबका पुर्व अध्यक्षहरु रुपनारायण खतिवडा, सुरेन्द्र प्रधान, मनोज बस्नेत, गङाराम दाहाल तथा निवर्तमान अध्यक्ष साजन थापाले शुभकामना ब्यक्त गरेको कार्यक्रमको संचालन क्लबका सचिव सुवास बंशलले गरेका थिए ।