२० वैशाख २०८१, बिहिवार

विरिङ खोलाको पुल एक महिना पछि सञ्चालनमा आउँदै

२१ असार २०८०, बिहिवार
Image

झापा, २१ असार । हुलाकी सडक अन्तरगतको विरिङ खोलाको पक्की पुल निर्माण कार्य सकिए पनि  सञ्चालन गर्न नमिल्ने हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका इन्जिनियर प्रमोद खतिवडाका अनुसार सो पुलमाथि एक हप्ता अघि मात्र ढलाई भएका कारण तत्काल सञ्चालन गर्न नमिल्ने भएको हो ।

ठेक्का लागेको १२ बर्षपछि निर्माण सकिएको छ । उहाँले भन्नुभयो “काम ढिलो भए पनि पुलको ९९ प्रतिशत काम सकिएको छ । तर तुरुन्तै सञ्चालन गर्न मिल्दैन ।”

उहाँले आर्थिक बर्ष २०६८ असार ३१ गते ठेक्का लागेको पुल  २०७१ साल चैत १२ गतेदेखि सञ्चालनमा आउनुपर्ने थियो । ठेक्काको जिम्मेवारी लामा मैनाचुली जेभीले लिएको थियो । ठेकेदारको ढिलासुस्तीकै कारण यति लामो समयसम्म पुल बन्न नसकेको उहाँको भनाई छ । 

उहाँले सो पुल मूल्य अभिवृद्धि करसहित रु.१५ करोड ५० लाख ५८ हजारमा जेभीले ठेक्कामा लिएको बताउनुभयो । हाल पुलमाथि ढलाईको काम समेत सकिएको छ । पुल ढलाईको २८ दिनपछि मात्र सञ्चालन गर्न योग्य हुने उहाँले बताउनुभयो । उहाँले पुलको कामको प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ७७ दशमलव १४ प्रतिशत मात्र भएको जानकारी दिनुभयो । 

केही सञ्चारमाध्यममा पुल सञ्चालनमा आइसक्यो भन्ने समाचार गलत र भ्रामक भएको इन्जिनियर खतिवडाको भनाई छ । 

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।