३ असोज २०८१, बिहिवार

भर्खरै

एसइईमा ३.६ देखि ४ जीपीए ल्याउने २२,४७५ जना

२१ असार २०८०, बिहिवार
Image

झापा, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अनुसार यसपटक नतिजामा सुधार देखिएको छ ।

नतिजा अनुसार ३=६ देखि ४ ग्रेड ल्याउनेको संख्या २२,४७५ जना छ । यो प्रतिशतमा ४=६३ हुन आउँछ । गत वर्ष यो संख्या ९,६३३ मा सीमित थियो ।

नन ग्रेड ल्याउनेको संख्या २=८९ प्रतिशत अर्थात १३,९९२ रहेको छ ।

बिहीबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ ।

परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ । 

नेपाल प्रेसबाट