२३ भदौ २०८१, आइतवार

उपमेयर नै भारतीय नागरिक भएको आरोप

२१ असार २०८०, बिहिवार
Image

झापा, २१ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादवलाई झुठो विवरणमा नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले उपमेयर पक्राउ परेको पुष्टि गर्नुभयो । यादवलाई बुधवार नै पक्राउ गरिएको थियो ।

नागरिकता सम्बन्धी कसूरमा उपमेयर यादव र उहाँका श्रीमान महेन्द्र यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । 

उपमेयर यादव दम्पती नै भारतीय नागरिक रहेको र फर्जी कागजातकै आधारमा नेपाली नागरिकता लिएको आरोप लागेको छ । उहाँहरु विरुद्ध डाक्नेश्वरी नगरपालिकाकै कृष्णकुमार यादवले मुद्दा दर्ता गराउनु भएको हो ।

कृष्णकुमारको जाहेरी सुरुमा जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न मानेको थिएन । त्यसपछि निवेदक उच्च अदालत जनकपुरको राजविराज इजलास जानु भएको थियो । अदालतले आदेश दिएपछि जिल्ला प्रहरी कार्यालयले उपमेयर यादव दम्पतीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उपमेयरका पति महेन्द्र यादव फरार भएका छन् ।

उपमेयर यादव दम्पती भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्लाको निर्मली थानाअन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र सप्तरीकै तत्कालिन औरही गाविस ३ बाट फर्जी कागजातकै आधारमा नागरिकता लिएको आरोप उजुरीमा लगाइएको छ ।

pkd]o/ ofbj g]skf Pdfn]af6 lgjf{lrt x'g'ePsf] xf] . cbfntn] kqmfp k'hL{ hf/L u/]kl5 pxfF Pdfn]sf sfo{stf{ lnP/ जिल्ला k|x/L sfof{no k'Ug' ePsf] lyof] .