२७ वैशाख २०८१, बिहिवार

पश्चिम बंगालको पञ्चायत चुनावमा १५ जना मारिए

२३ असार २०८०, शनिवार
Image

काँकरभिट्टा, २३ असार । छिमेकी मुलुक भारतको पश्चिम बंगालमा आज भएको पञ्चायत चुनावमा हिंसा भड्किदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

आज बंगालका २२ जिल्लाको ९२८ सिट र नौ हजार ७३० पंचायत समितिको ६३ हजार २२९ सिटका लागि चुनाव भएको थियो ।

विभिन्न जिल्लामा मतदानको क्रममा भएका झडप र मतपेटिका लुटपाटमा १५ जनाको मृत्यु भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । 

सन् २०१८ मा भएको पञ्चायत चुनावमा २२ जिल्लाकै परिषद्मा भारतीय जनता पार्टी (बीजेपी)ले कब्जा जमाएको थियो भने पञ्चायत समितिको ९० प्रतिशत सिटमा उसकै कब्जा थियो ।

अहिलेको चुनावमा पाँच करोड ६७ लाख मतदाताले मताधिकार प्रयोग गरेका छन् भने ६५ हजार केन्द्रीय पुलिस र ७० हजार राज्य पुलिस चुनावको सुरक्षामा तैनाथ गरिएका थिए ।

चुनावमा तृणमूल कांग्रेस र बीजेपी नै मुख्य प्रतिष्पर्धी छन् । बाम मोर्चा र भारतीय कांग्रेस आफ्नो हैसियत बढाउने प्रयासमा छन् । 

कुनै बेलाको कम्युनिस्टको एकछत्र राज भएको यो प्रान्तमा अहिले तृणमूल कांग्रेसको एकल वर्चस्व रहँदै आएको छ ।